नेपाली कांग्रेस पथरीशनिश्चरेको सह–सचिवमा बस्नेतको पकड राम्रो - Crazysaptahik.com

नेपाली कांग्रेस पथरीशनिश्चरेको सह–सचिवमा बस्नेतको पकड राम्रो

क्रेजी संवाददाता
पथरी । खगेन्द्र बहादुर बस्नेत पथरीशनिश्चरे–१ मन्दिर लाइनमा बस्नेत सुनचाँदी पसल चलाएर बसेका छन् । बस्नेतले हसन्दह बजारमा पनि शाखा खोलेका छन् ।

बस्नेत व्यापारसँगै राजनीतिमा वि.सं. २०५४ सालदेखि नै होमिएका छन् । बस्नेतले मोरङ पथरीशनिश्चरे नगरको सह–सचिव पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । उम्मेद्वारीसँगै नेपाली कांग्रेसमा बस्नेतको पकड राम्रो छ भनेर अनुमान लगाउन थालिएको छ ।

वि.सं. २०५४ सालमा अमरसिंह मावि हसन्दहको इकाइ सभापति भएका बस्नेत वि.सं. २०५६ सालमा दमक बहुमुखी क्याम्पसमा इकाइ सभापति भएका थिए । वि.सं. २०५८ सालमा काठमाडौँको पशुपति क्याम्पसमा सक्रिय रुपमा नेविसंघमा रहेका थिए । सोही समयमा स्ववियु उप–सभापतिका उमेद्वार समेत भए बस्नेत ।

लायन्स कल्व अफ पथरीका वर्तमान कोषाध्यक्ष बस्नेत सामाजिक काममा निरन्तर सक्रिय रहेका छन् । नगरको वडा नं. ५ का स्थाइ बासिन्दा बस्नेत हाल पथरीमा नै व्यावसायिक रुपमा बसिरहेका छन् । हरेक सामाजिक, राजनैतिक कार्यक्रमहरुमा अनिवार्य उपस्थित हुने, छरछिमेकमा परेका गाह्रो साह्रोमा सहभागी भइरहने बस्नेत मिजासिलो र सहयोगी पनि छन् ।

१६ गते शनिवार (भोलि) हुने नगर अधिवेशनमा सह–सचिव पदमा बस्नेतले भारी मतान्तरले बिजयी हुने आम नेता कार्यकर्ताको बुझाइ रहेको छ । हसन्दह, शनिश्चरे र पथरी ३ वटै साविकका गाविसमा परिचित रहेका बस्नेतको पकड बलियो छ । मतदाताले सायदै बस्नेतलाई नचिन्ने कोही छैनन् । पार्टी र सरसहयोगमा मरिमेटेर लाग्ने बस्नेत जस्ता उमेद्वारले पार्टीको नेतृत्व गर्नु पार्टीका लागि र आम क्रियाशिलका लागि गौरवको विषय पनि हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.