पाँच सेटमा खेल जित्दै एपीएफ र न्युडायमण्ड फाइनलमा - Crazysaptahik.com

पाँच सेटमा खेल जित्दै एपीएफ र न्युडायमण्ड फाइनलमा

 

 

साविक विजेता एपीएफ र न्यु डायमण्ड स्पोर्ट्स क्लब छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा दुवैले विपक्षीलाई ५ सेटमा पराजित गर्दै उपाधि भेट पक्का गरेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हरायो । निकै रोमाञ्चक विभागीय डर्मीमा पाँचमध्ये ३ सेट टाईब्रेकमा पुगेको थियो। पहिलो सेटमा एपीएफले टाईब्रेकमा २७–२५ ले आफ्नो पक्षमा पार्द अग्रता लिएको थियो ।

तर आर्मीले दोस्रो सेटमा पुनरागमन गर्दै २५–२१ ले जित्यो। तेस्रो सेट आर्मीले टाईब्रेकमा २७–२५ ले जित्दै खेलमा अग्रता बनाउन सफल भएको थियो । चौथो सेटमा पनि आर्मी जित नजिक पुगेको थियो । तर एपीएफले टाईब्रेकमा २६–२४ ले सेट जित्दै २–२ को बराबरीमा पु¥यायो। पाँचौ तथा निर्णायक सेट १५–१३ ले जित्दै एपीएफले जित हात पारेको हो ।

यस्तै कभर्डहलमै भएको दोस्रो सेमिफाइनलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–२ कै सेटमा हरायो। खेलमा पुलिसले दुई पटक अग्रता लिएपनि न्य डायमण्डले पुनरागमन गर्दै खेल जितेको हो । पुलिसले पहिलो सेट २५–१८ ले जित्दै अग्रता लिएको थियो ।

दोस्रो सेट न्यु डायमण्डले २५–१७ ले जित्दै बराबरी ग¥यो । तेस्रो सेट २५–२१ ले जित्दै पुलिस पुनस् खेलमा अग्रता बनाएको थियो । तर न्यु डायमण्डले पुनरागमन  र चौथो सेट पनि २५–१७ ले नै जित्दै खेल बराबरीमा पु¥यायो । पाँचौ तथा निर्णायक सेट १५(१० ले सहजै जित्दै न्यु डानयमण्डले खेल जितेको हो ।

अब एपीएफ र न्यु डायमण्डबीचको फाइनल खेल शनिवार हुनेछ । यस्तै आर्मी र पुलिसबीच तेस्रो स्थानको लागि खेल हुनेछ । विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.