
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा शनिबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले साविक विजेता मुम्बइ इण्डियन्सलाई ४ विकेटले पराजित गरेको छ ।
शारजहाँमा भएको खेलमा मुम्बइले दिएको १३० रनको लक्ष्य दिल्लीले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा । दिल्लीको जितमा श्रेयस अयरले अविजित रहँदै सर्वाधिक ३३ रन बनाए । यस्तै कप्तान ऋषव पन्तले २६ र रविचन्द्रन आश्विनले अविजित २० रन बनाए ।
मुम्बइका ट्रेन्ट बोल्ट, जयन्त यादव, क्रुनाल पाण्डे, जसप्रित बुमराह र नाथन कल्टर निलले १÷१ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो ।
मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ३३ रन बनाए । यस्तै क्विन्टन डी ककले १९, हार्दिक पान्ड्याले १७, सौरभ तिवारीले १५ रन बनाए । कुर्नाल पान्ड्या १३ रनमा अविजित रहे ।
दिल्लीका आभेस खान र अक्षर पटेलले ३\३ विकेट लिए । जितपछि १२ खेलबाट १८ अंक जोडेको दिल्ली दोस्रो स्थानमा छ । शुक्रबार पञ्जाव किंग्सले कोलकता नाइट राइडर्सलाई पराजित गरेपछि नै दिल्लीले प्लेअफमा स्थान पक्का गरिसकेको थियो ।
मुम्बइमाथिको जितपछि दिल्लीले शीर्ष दुईमा रहने सम्भावनालई बलियो बनाएको छ । यस सिजन सातौं हार बेहोरेको साविक विजेता मुम्बइ १२ खेलबाट १० अंकसहित छैटौं स्थानमा रहेको छ ।


