रियल मड्रिड स्पानयोलसँग स्तब्ध - Crazysaptahik.com

रियल मड्रिड स्पानयोलसँग स्तब्ध

स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिड स्पानयोलसँग पराजित भएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा स्पानयोलले रियल मड्रिडमाथि २–१ को जित हात पारेको हो । घरेलु मैदानमा खेलको १७औं मिनेटमा राउल थोमसले गोल गर्दै स्पानयोललाई अग्रता दिलाएका थिए ।

६०औं मिनेटमा एलेक्स भिदालले गोल गर्दै स्पानयोलको अग्रता दोब्बर पारे । ७१ औं मिनेटमा करिम बेन्जामाले एक गोल फर्काए पनि रियलले हार टार्न सकेन ।सिजनको पहिलो हारपछि पनि रियल ८ खेलमा १७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

समान १७ अंक रहेको एट्लेटिको मड्रिड र रियल सोसिडाड दोस्रो र तेस्रो स्थानमा छन् ।सिजनको दोस्रो जितपछि स्पानयोल ८ खेलबाट ९ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.