चेन्नाइलाई हराउँदै दिल्ली शीर्ष स्थानमा - Crazysaptahik.com

चेन्नाइलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई तीन विकेटले पराजित गरेको छ । यसजितपछि १३ खेलबाट २० अंक जोड्दै दिल्ली शीर्ष स्थानमा समेत उक्लेको छ ।

दुबईमा सोमबार राति भएको खेलमा चेन्नाइले दिएको १३७ रनको लक्ष्य दिल्लीले १९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरे । दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ३९ रन बनाए । शिम्रन हिटमायरले १८ बलमा अविजित २८ रन जोडे । चेन्नाइका रवीन्द्र जडेजा र शार्दुल ठाकुरले २÷२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले २० ओभरमा पाँच विकेट गुमाएर १३६ रन बनाएको थियो । चेन्नाइका अम्बाती रायडुले अविजित रहँदै सर्वाधिक ५५ रन बनाए । रोबिन उथप्पाले १९ तथा कप्तान महेन्द्र सिंह धोनीले १८ रन जोडे ।

दिल्लीका अक्सर पटेलले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । एनरिक नोर्किया, आभेष खान र रविचन्द्रन आश्विनले समान एक÷एक विकेट लिए । जितपछि १३ खेलबाट २० अंक जोडेको दिल्ली चेन्नाइलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट चेन्नाइको १८ अंक छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.