पूर्वफिफा रेफ्री लव खत्रीको निधन - Crazysaptahik.com

पूर्वफिफा रेफ्री लव खत्रीको निधन

पूर्वफिफा रेफ्री लव खत्रीको ५० वर्षको उमेरमा सोमबार निधन भएको छ । सोमबार बिहान वाथरुममा लडेपछि उपचारका लागि नख्खुस्थित मेडिसिटी हस्पिटल पछि उनको निधन भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

सन् २०१८ मा रेफ्री पद छाडेका उनी पछिल्लो समय रेफ्री इन्स्ट्रक्टरको रुपमा कार्यरत थिए । खत्री रेफ्री संघको महासचिव समेत थिए । फुटबल खेलाडी हुँदै रेफ्री बनेका खत्रीले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए । उनले ए डिभिजन क्लबहरु थ्री स्टार, जावलाखेल युथ र फ्रेन्ड्सबाट फुटबल खेलेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.