विराटनगर । मोरङ जिल्ला अदालतले ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ।
कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष र अर्कोलाई ६ महिना कैद सजाय तोकेको हो । यस्तै अदालतले सुन तस्करी प्रकरणमा मुछिएका बहालवाला र अवकाश प्राप्त सबै प्रहरी अधिकारीलाई सफाइ दिने फैसला सुनाएको छ ।
जिल्ला अदालत मोरङले आज चार वर्षपछि फैसला सुनाएको हो। जसमा ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकिएको छ । सुन प्रकरणका मुख्य योजनाकार भनिएका उप्रेतीलाई जन्मकैदको सजाय सुनाइएको हो । त्यस्तै अन्य टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्लेलगायत ६ जनालाई पनि जन्मकैद सजाय सुनाइएको छ । बाँकी दुई जनालाई भने तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको छ ।
२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बिच बाटोबाट नै एकाएक गायब भएको थियो । यही विषयमा सुन तस्करीबिच विवाद भएपछि २०७४ फागुन १८ गते ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र तस्करीका एकाएक घटनाका प्लटहरू बाहिरिएका थिए ।
२०७५ वैशाख १९ गते सात जना प्रहरीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो। सङ्गठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको थियो। त्यसबाहेक अन्यलाई मुद्दा लगाइएको थियो ।
यस्तो थियो अन्तर्कथा
वि.सं. २०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको ३३ केजी सुन बाहिरियो। विमानस्थलबाट बाहिरिएको तस्करीको सुन गायव भयो ।
हराएको सुनको विषयमा सुन तस्करीबीच विवाद भएपछि २०७४ फागुन १८ गते ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र सुन तस्करीको रहस्यहरु खुल्दै आए । उक्त घटनाले चर्को रुप लियो, चौतर्फी आलोचना हुन थाल्यो र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ’बादल’ को निर्देशनमा सरकारी छानबीन टोली गठन भयो। सहसचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको समितिले लामो समयसम्म अनुसन्धान ग¥यो ।
समितिकै सिफारिसमा तत्कालीन महानगरीय अपराध महाशाखाका प्रमुख दिपेश लोहनी सहितका प्रहरी अधिकारी अनुसन्धानमा तानिए । सुन गायव भएपछि भरिया शनमको गोरे समुहले हत्या गरेको थियो । उक्त घटनाको अनुन्धानमा गर्न त्यती बेला महाशाखाको टोली घटना स्थल पुगेको थियो। महाशाखाको टोलीले गरेको अनुसन्धानलाई खोट देखाउदै समितीले मोरङ प्रहरीलाई कारवाहीका लागी सिफारिस गरेको थियो ।
समितिको सिफारिसमा मोरङ प्रहरीले २०७५ वैशाख १९ गते सात जना प्रहरी सहित ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो। संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान र भन्सार छलीको कसुरमा मुद्दा दर्ता भएको थियो ।
उक्त टोलीले गोरेलाई मुख्य अभियुक्त बनाएको थियो। जिल्ला अदालत मोरङले मंगलबार उक्त मुद्धाको अन्तिम फैसला सुनाउदै गोरेलाई जन्मकैद सुनाएको हो । यस्त अन्य टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले लगायत ६ जनलाई पनि जन्म कैद सजाय सुनाइएको छ । बाँकी दुई जनलाई भने तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको छ ।
– ब्रेकलिंक्सबाट