मिक्लाजुङमा अनेम संघ गठन - Crazysaptahik.com

मिक्लाजुङमा अनेम संघ गठन

क्रेजी संवाददाता
मिक्लाजुङ । विधान महाधिवेशन सकिए लगत्तै एमाले निकट जनसंगठनको गठन, पुर्नगठन कार्य अत्यन्तै उत्साहपूर्वक सुरुवात भएको छ ।

मंगलबार मोरङको उत्तरपूर्वमा अवस्थित मिक्लाजुङ गाउँपालिका ८ मा पार्टी सम्बद्ध भातृसंगठन अखिल नेपाल महिला संघ गठन भएको छ । यस्तै वडा ८ र ७ एमालेको स्थानीय अगुवा कार्यकर्ता भेला एवं संगठन निर्माणको पूर्वाधार विकास स्वरूप बिस्तारित बैठक सम्पन्न भएको छ ।

कार्यक्रममका प्रमुख अतिथि पार्टीका प्रदेश कमिटी सदस्य युवराज बास्कोटा, अन्य अतिथिहरू अनेमसंघ मोरङ जिल्ला सचिव रिता न्यौपाने, पार्टी जिल्ला सदस्यद्वय नरेन्द्रप्रसाद ढुङ्गेल, गाउँपालिका अध्यक्ष समेत रहनुभएका जिल्ला कमिटी सदस्य देवीप्रसाद आचार्य, किसान नेता डिल्लीप्रसाद खतिवडा, गायक विशाल राईं, जनप्रतिनिधि नवीन कार्की लगायतले सम्बोधन गर्नु भेलाबाट रश्मी खड्काको अध्यक्षतामा ३७ सदस्यीय अनेम संघ गठन भएको हो ।


गठित कमिटीमा क्रमशः उपाध्यक्ष नानुमाया बराइली, उपाध्यक्ष सुस्मा याखा, उपाध्यक्ष रेनुका रसाइली, उपाध्यक्ष बन्दना लामा, उपाध्यक्ष कमलकुमारी काजी, सचिव दिलिसा मगर, सहसचिव उमा न्यौपाने, कोषाध्यक्ष जानुका श्रेष्ठ सहित सदस्यहरूमा क्रमशः सिर्जना निरौला, बुद्धिकला दाहाल, मेनुका मुखिया, चन्द्रकला खड्का, सुनिता मुखिया, दिलकुमारी राउत, सानुमाया लगुन, शर्मिला सुन्दास, मञ्जु भट्टराईं, जानुका नेपाली, धनकुमारी मुखिया, मिरा लिम्बू, इन्दिरा खतिवडा, रिना गिरी, मनकुमारी मगर, दिलिसा मगर, शान्ति लिम्बू, शर्मिला देवान, मेनुका खड्का, रनमाया कटुवाल, प्रविना कटुवाल, टीका कार्की, सरिता बस्नेत, प्रविना राईं, मनमाया सुन्दास, बसन्त पोर्तेल र लीला बुढाथोकी रहनुभएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.