साफ च्याम्पियनसिपमा भारतको लगातार दोस्रो बराबरी - Crazysaptahik.com

साफ च्याम्पियनसिपमा भारतको लगातार दोस्रो बराबरी

माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिपमा भारत लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ । मालेस्थित नेशनल स्टेडियममा बिहीबार भएको खेलमा भारतले श्रीलंकासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

पहिलो खेलमा भारतले बंगलादेशसंग १–१ को बराबरी खेलेको थियो । लगातार बराबरीपछि भारत २ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ । ३ खेल खेलेको श्रीलंका १ अंक जोड्दै चौथो स्थानमा छ । श्रीलंकाले यसअघि लगातार दुई खेल हारेको थियो ।

नेपाल अहिलेसम्म खेलेको दुवै खेल जित्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ भने २ खेलबाटै ४ अंकसहित बंगलादेश दोस्रोमा छ ।अहिलेसम्म सर्वाधिक ७ पटक साफ जितेको भारतलाई लगातार बराबरीले दबाब थपिएको छ ।

५ राष्ट्र सहभागी साफ च्याम्पियनसिपमा यसपटक राउण्ड रोविन लिगका आधारमा खेल भइरहेको छ । अब भारतको अर्काे खेल नेपालसंग खेल्नेछ । आगामी आइतबार हुने खेल जितेमा नेपाल फाइनल पुग्नेछ । आजै आयोजक माल्दिभ्स र बंगलादेशबीचको खेल पनि हुनेछ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.