रोनाल्डोलाई बलात्कार मुद्दामा राहत, मुद्दा खारेज गर्न अदालतको सिफारिस - Crazysaptahik.com

रोनाल्डोलाई बलात्कार मुद्दामा राहत, मुद्दा खारेज गर्न अदालतको सिफारिस

चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई बलात्कारसम्बन्धी पुरानो मुद्दामा राहत मिलेको छ । अमेरिकाको एक अदालतले उक्त मुद्दा खारेज गर्न सिफारिस गरेसँगै उनलाई राहत मिलेको हो ।

बलात्कारको आरोपमा रोनाल्डोविरुद्ध दर्ता भएको देवानी मुद्दालाई अमेरिकाको लस भेगासस्थित अदालतले खारेज गर्न सिफारिस गरेको छ । अदातलको उक्त निर्णयसँगै आफूमाथि लागेको बलात्कारको आरोपबाट रोनाल्डो मुक्त हुनेछन् ।

क्याथरिन मेयोर्गाले १० वर्षअघि रोनाल्डोले आफूमाथि बलात्कार तथा यौन आक्रमण गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् । उक्त घटनासम्बन्धी फौजदारी मुद्दालाई अदालतले यसअघि नै खारेज गरिसकेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.