गुप्ती युवा क्लब सेमिफाइनल प्रवेश - Crazysaptahik.com

गुप्ती युवा क्लब सेमिफाइनल प्रवेश

लङसिङ्ग श्रेष्ठ
लेटाङ । मोरङको लेटाङ –९ बाह्रगोठेमामा जारी नकआउट फुटबल प्रतियोगितामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा गुप्ती युवा क्लब मिक्लाजुङ विजयी भएको छ । मिक्लाजुङले बीवाइसी आयोजकलाई २–१ गोलले अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।

खेलको तेस्रो मिनेटमा आयोजकका खेलाडीले डिबक्स भित्र लडाएपछि गुप्तीले पेनाल्टीको अवसर पाएको थियो । स्वीकार भट्टराईले पेनाल्टी मार्फत् गोल गरी टिमलाई अग्रता दिलाएको थियो । यस्तै खेलको २२ औं मिनेटमा गुप्तीका स्वीकारको उत्कृष्ट पासलाई सही सदुपयोग गर्दै प्रबिन राईले गोल गरेका थिए । यसैगरी खेलको ६१ औं मिनेटमा आयोजकका खेलाडीले गोल गरेका थिए ।

दुबै टिमका खेलाडीहरुले धेरै राम्रा राम्रा अवसर प्राप्त गरेता पनि निर्धारित समयमा बलले जाली चुम्न नसक्दा आयोजकले २–१ गोलको हार बेहोर्नु परेको हो । खेलको म्यान अफ दि म्याच गुप्तीका प्रबिन राई घोषित भए । प्रतियोगितालाई लेटाङ वडा नं. ९, लेटाङ नगरपालिका र कोपिला सामुदायिक वन उपभोक्ता समूहले प्रायोजन गरेका छन् ।

प्रतियोगिताको फाइनल असोज २६ गते सप्तमीको दिन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजार रुपैयाँ र उपविजेता टिमलाई नगद १५ हजार रुपैयाँ साथमा ट्रफी, मेडल प्रदान गरिने आयोजक बाह्रगोठे युवा क्लबका अध्यक्ष पूर्ण विश्वकर्माले जानकारी गराए ।

भोलिको पहिलो सेमिफाइनल खेल सगरमाथा युवा क्लब लेटाङ भर्सेस लाफा क्लब लेटाङ बिच मिक्लाजुङ्ग ५ धानखेती चन्द्रमा बिद्यालय को खेल मैदानमा ठिक ३ः०० बजे हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.