विश्वकप छनोटमा डेनमार्कको लगातार सातौं जित - Crazysaptahik.com

विश्वकप छनोटमा डेनमार्कको लगातार सातौं जित

सन् २०२० मा कतारमा हुने फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा डेनमार्कले लगातार सातौं जित हात पारेको छ ।समूह एफ अन्तर्गत गएराति भएको खेलमा मोल्डोभोलाई ४–० ले पराजित गर्दै डेनमार्कले शतप्रतिशत जित यात्रालाई कायम राखेको छ ।

छनोटमा अहिलेसम्म शतप्रतिशत जित हात पार्ने एक्लो टोलीको रुपमा रहेको डेनमार्क विश्वकप नजिक समेत पुगेको छ ।डेनमार्कको जितमा आन्द्रेस स्कोभ ओल्सन, सिमोन केयर, क्रिस्टियन नोगार्ड र योकिम माहलेले गोल गरे ।

लगातार सात जितपछि डेनमार्क २१ अंक जोडेर शीर्ष स्थानमा छ । मोल्डोभो १ अंकसहित पुछारमा छ ।दोस्रो स्थानमा रहेको स्कटल्याण्डको ७ खेलबाट १४ अंक छ । डेनमार्कले अब मंगलबार हुने खेलमा अष्ट्रियालाई पराजित गरेमा विश्वकपमा छनोट हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.