विश्वकप छनोटमा इंग्ल्याण्ड ५–० ले विजयी - Crazysaptahik.com

विश्वकप छनोटमा इंग्ल्याण्ड ५–० ले विजयी

सन् २०२० मा कतारमा हुने फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले फराकिलो जित हात पारेको छ । गएराति भएको समूह आई को खेलमा इंग्ल्यान्डले एन्डोरालाई ५–० ले पराजित गरेको हो ।

इंग्ल्यान्डको जितमा पाँच फरक गोलकर्ता रहे । बेन चिलवेलले १७औं, बुकायो साकाले ४०औं, टमी एब्राहिमले ५९औं,जेम्स वार्ड प्रोवसले ७९ र ज्याक ग्रेलिसले ८६औं मिनेटमा गोल गरे ।

समूह चरणमा छेटौं जितपछि इंग्ल्याण्ड विश्वकपमा छनोट हुने सम्भावना बलियो बनेको छ । ७ खेलबाट १९ अंक जोडेको इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा छ ।

एन्डोरा ३ अंकसहित पाँचौं स्थानमा छ । यसै समूहको अर्को खेलमा पोल्याण्डले सान मारियनोलाई पनि ५–० ले नै पराजित गरेको छ ।

पोल्याण्ड ७ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ । अर्को खेलमा हंगेरीलाई १–० ले पराजित गरेको अल्बानिया १५ अंक जोडेर दोस्रो स्थानमा छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.