ट्राइब्रेकरमा जित निकाल्दै सगरमाथाले चुम्यो उपाधि - Crazysaptahik.com

ट्राइब्रेकरमा जित निकाल्दै सगरमाथाले चुम्यो उपाधि

लङसिङ्ग श्रेष्ठ
लेटाङ । मोरङको लेटाङ–९ बाह्रगोठेमा भएको नकआउट फुटबल प्रतियोगितामा आज भएको फाइनल खेलमा लेटाङ भेट्रानलाई ट्राइब्रेकरमा ४–३ गोलले जित निकाल्दै सगरमाथा युवा क्लबले उपाधि चुमेको छ ।

खेलको ९ औं मिनेटमा भेट्रान खेलाडीले सगरमाथाका खेलाडी सुशिल राईलाई डि बक्स भित्र लडाएपछि पाएको पेनाल्टी सुशिलले नै गरेको सुटआउट भेट्रानका गोलरक्षक तिलक तामाङले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ४२ औं मिनेटमा भेट्रानका सुमन राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको ४८ औं मिनेटमा सगरमाथाका सुशिल राइको उत्कृष्ट पासमा सुरज राईले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दुबै टिमका खेलाडीहरुले धेरै राम्रा राम्रा अवसर पाएता पनि निर्धारित समयमा बलले जाली चुम्न नसक्दा खेल ट्राइब्रेकरमा धकलिएको थियो ।

ट्राइब्रेकरमा सगरमाथाका सुवाश राई, सुशिल राई, समिर राई र तुलसी भुजेलले गोल गरे भने बिदुर रिजालको बल भेट्रानका गोल रक्षकले बचाएका थिए । यस्तै भेट्रानका लालबहादुर लावती, देवराज गुरुङ, राजु धिमालले गोल गरेका थिए भने प्रकाश थापा र सुमन लिम्बुको बलले जाली चुम्न नसक्दा भेट्रानले ४–३ को हार बेहोर्नु परेको हो ।
खेलको म्यान अफ दि म्याच सगरमाथाका रुपेन मगर घोषित भए ।

प्रतियोगितालाई लेटाङ वडा नं. ९, लेटाङ नगरपालिका र कोपिला सामुदायिक वन उपभोक्ता समूहले प्रायोजन गरेको हो । जम्मा १६ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलमा प्रमुख अतिथि लेटाङ नगरपालिकाका प्रमुख शंकर राई रहेका थिए । प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजार रुपैयाँ र उपविजेता टिमलाई नगद १५ हजार रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.