कानेपोखरी बि एण्ड बि कन्स्ट्रक्सनद्वारा पथरीका पत्रकारलाई जर्सी र फुटबल - Crazysaptahik.com

कानेपोखरी बि एण्ड बि कन्स्ट्रक्सनद्वारा पथरीका पत्रकारलाई जर्सी र फुटबल

क्रेजी संवाददाता
पथरी । मोरङको कानेपोखरी बि एण्ड बि कन्स्ट्रक्सन प्रा.लि.ले पत्रकारहरुको लागि फुटबल र जर्सी सेट प्रदान गरेको छ ।

नेपाल पत्रकार महासंघ सम्पर्क कार्यालय पथरीलाई कन्स्ट्रक्सन सञ्चालक एवं सामाजिक व्यक्तित्व भूपाल श्रेष्ठले फुटबल र जर्सी प्रदान गरेका हुन् । बेला बेलामा हुने प्रदशर्नी तथा मिडिया कप प्रतियोगिताको लागि एउटा फुटबल र १५ सेट जर्सी प्रदान गरेका हुन् ।

श्रेष्ठ कानेपोखरी बि एण्ड बि कन्ट्रक्सन प्रा.लि.सञ्चालकको साथै मदन भण्डारी स्पोर्टस् ऐकेडेमी मोरङका अध्यक्ष तथा एमाले सम्बद्ध युवा संगठन युवा संघ नेपालको केन्द्रीय सदस्य हुन् । खेल सामाग्री हस्तान्तरण गर्दै श्रेष्ठले पत्रकारहरुले चाहेमा अझ खेल सामाग्री उपलब्ध गराउन र मडिया कप फुटबल प्रतियोगिता गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

खेल सामाग्री नेपाल पत्रकार महासंघ पूर्ब केन्द्रीय पार्षद अर्जुन जम्नेली राई, पूर्ब मोरङ जिल्ला सहसचिव सुन्तोष राई, दिनेश सुब्बा लगायतका पत्रकारहरुलाई हस्तान्त्रण गरेका हुन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.