नन्दुको ‘रुवाएर तिमी जाँदा...’मा समारीका र पारसको केमेस्ट्री - Crazysaptahik.com

नन्दुको ‘रुवाएर तिमी जाँदा…’मा समारीका र पारसको केमेस्ट्री

क्रेजी संवाददाता
पथरी । मोफसलबाट मनग्गै चर्चा कमाउँदै गरेका गायक नन्दु गुरुङले नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । नन्दुको आवाजमा रहेको ‘रुवाएर तिमी जाँदा…’ बोलको म्यूजिक भिडियो मंगलवार बुडासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

दर्जनौ फरक–फरक टाइपको गीत गाएका गुरुङको यो गीत पनि अन्य गीतहरु भन्दा फरक रहेको छ । अनिल धिरुलको शब्द, विनोद खम्बुको संगीत, उदयराज पौड्यालको एरेन्ज रहेको गीतको रेकर्ड दमकमा अवस्थित काब्या रेकर्डिङ स्टुडियोमा गरिएको हो ।

भिडियोमा मुख्य भूमिकाको रुपमा हाल चर्चामा रहेकी मोडल तथा सामाजिक संजाल टिकटक प्रयोगकर्ता समारीका ढकाल र पारस तामाङलाई फरक भेषमा देख्न पाइन्छ । यसैगरी सहायक भूमिकामा तुल्सी मिश्र, टंक लिम्बु, नगेन धिमाल लगायत अन्य कलाकारहरुले अभिनय गरेका छन् ।

भिडियोमा सन्तोष राना मगरद्वारा छायांकन, सम्पादन गरिएको छ भने छायांकनको लागि ड्रोन उडाएर नगेन धिमालले साथ दिएका थिए । भिडियोमा माया पिरतीमा बाधा अर्चन खेपेका एक पे्रमजोडीकोे जीवनशैलीलाई चित्रण गर्न खोजिएको निर्देशक बियल राईले बताएका छन् ।

म्यूजिक भिडियो :-

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.