पथरीशनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने - Crazysaptahik.com

पथरीशनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता २०२१ हुने भएको छ ।

थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा कार्तिक १० गतेदेखि पथरीशनिश्चरे— १० अवस्थित पथरीशनिश्चरे रंगशालामा फुटबल प्रतियोगिता हुने आयोजक समितिको खेल संयोजक गणेश थक्लुङ लिम्बुले बताए । फुटबल प्रतियागिता बारे आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

प्रतियोगितामा मोरङको पाँच, झापाको एक, सुनसरीको एक र भुटानी शरणार्थीको एक गरी ८ टिम सहभागि हुने आयोजक समितिका सदस्य सुमन कुरुम्बाङ्ग लिम्बुले जानकारी गराए ।

प्रतियोगितामा झापाको शिवशताक्षी नगर फुुटबल टिम, सुनसरीको राष्ट्रिय जागृति फुटबल टिम इटहरी, मोरङको पथरी शनिश्चरे फुटबल टिम, लेटाङ, बिराटनगर फुटबल टिम, भाउन्ने फुटबल टिम, बेलबारी फुटबल टिम र भुटानी ब्वाइज क्लब बीच प्रतिष्पर्धा हुने भएको हो । प्रतियोगितामा नेपालको ए डिभिजनमा खेल्ने खेलाडीहरु आउने आयोजकका बिक्की राईले जनाए ।

प्रतियोगिताको प्रथम र दोस्रो हुने फुटबल टिमलले क्रमशः एक लाख एक हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिको संयोजक कगेण थक्लुङ लिम्बुले बताए ।

यसैगरी दैनिक रुपमा म्यान अफ द म्याच खेलाडीलाई २५ सय, विधागत रुपमा बेष्ट गोलरक्षक, बेष्ट डिफेन्डर, मिड फिल्डर, फर्वाड, हाइ स्कोरलाई क्रमशः ५ हजार र म्यान अफ द टुर्नामेन्टलाई नगद १० हजार र ट्रफी प्रदान गरिने आयोजक सदस्य बिक्की राईले जानकारी गराए ।

आयोजकले अमेरिका र नेपालमा बार्षिक रुपमा फुटबल खेलाउने :- 
आयोजक थ्री रिभर्स फुटबल क्लब भुटान र नेपालबाट अमेरिका पुगेका नेपालीहरुले स्थापित गरेको क्लब हो । पिट्सबर्ग अमेरिकाको एउटा क्षेत्र हो । थ्री रिभर्सले अमेरिकामा पनि नेपालीहरु बीच यसैगरी फुटबल प्रतियोगिता गरेको अर्जुन बिष्टले बताए ।

नेपालमा नेपाली र भुटानी शरणार्थीवीच सम्बन्ध सुमधुर होस र फुटबल खेलको बिकास गर्ने उदेश्यले बार्षिक रुपमा प्रतियोगिता गराउने योजनामा रहेको बिष्टले बताए । खेलको सम्पूर्ण खर्च मेघ सुवेदीको नेतृत्वमा रहेको सेजल एण्ड सिस्टर र थ्री रिभर्सका सुदेश तिवारी, कमल सुब्बा, किरण थापा र अर्जुन बिष्टले गर्ने पत्रकार सम्मेलनमा उपस्थित रहेका बिष्टले बताए । नेपालमा खेलको संयोजन गणेश थक्लुङ लिम्बू, सुमन कुरुम्बाङ लगायतले गर्ने भएका छन् ।

खेलको जिम्मा पाएका थक्लुङ गीतकार तथा समाजिक काम गर्दै आएका व्यक्ति हुन् । यो प्रतियोगिताको लागि सात लाख खर्च आउने अनुमान गरिएको खेल संयोजक गणेश थक्लुङ लिम्बुले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.