
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा जर्मन क्लब बायर्नले पोर्चुगिज क्लब पेनफिकालाई ४–० ले पराजित गरेको छ । वेनफिकाको मैदान बायर्नले एकपक्षिय जित हात पार्दा लरेय सानेले दुई गोल गरे । रोवर्ट लेवान्डवस्कीले एक गोल गर्दा वेनफाकाका एभरटनले एक आत्मघाती गोल गरेका थिए ।
भिएआरले दुई गोलललाई मान्यता नदिए पनि बायर्नले अन्तिम २० मिनेटमा चार गोल गरेको थियो । समूह ई मा शतप्रतिशत जित हात पारेको बायर्न ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । पहिलो हारपछि वेनफिका तीन खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ ।


