प्रिमियर लिगमा आर्सनलको सहज जित - Crazysaptahik.com

प्रिमियर लिगमा आर्सनलको सहज जित

प्रिमियर लिगमा आर्सनलले शुक्रबार राति भएको खेलमा एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि थोमस पार्टे, पिएरे एमरिक औबामियाङ र इमिल स्मिथ रोवले गोल गरे । एस्टन भिल्लाका जाकोब रामसेले एक गोल फर्काए ।

खेलको २३ औं मिनेटमा थोमसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाईममा औबामियाङले गोल गर्दै आर्सनलमो अग्रता दोब्बर बनाए । ५६औं मिनेटमा इमिल स्मिथ गोल गर्दै आर्सनललाई ३–० मो अग्रता दिलाए ।

त्यसपछि खेलको ८२औं मिनेटमा एस्टन भिल्लाका जाकोबले गोल फर्काएका थिए । जितपछि ९ खेलबाट १४ अंक जोडेको आर्सनल नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक रहेको एस्टन चिल्ला १३औं स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.