
क्रेजी संवाददाता
पथरी । नेकपा एमाले पथरीशनिश्चरे ३ नम्बर कमिटीको अध्यक्षमा गणेश बाछना राई सर्बसम्बत निर्वाचित भएका छन् ।
कमिटीको उपाध्यक्षमा शिव कुमार प्रधान, सचिवमा अर्जुन काफ्ले, उपसचिवमा झमक कुमारी संग्रौला र निर्मला भण्डारी निर्वाचित भएका छ्न । शनिवार भएको प्रथम वडा अधिबेशनले ३१ सदस्यीय वडा कमिटी निर्वाचित गरेको हो ।

यस्तैगरी सदस्यहरुमा मैया बराइली, रुद्रप्रसाद खरेल, ललिता दंगाल, सुमन खनाल, कृष्णबहादुर लिम्बु, भक्त गेलाल, जसकुमार तुम्वापो, सुभद्रा राई, खेमराज निरौला, तारा कार्की, लोकनाथ गौतम, फुलमाया परियार, ममता फुएल, टेकेन्द्र नेपाल, भक्तबहादुर राई, खड्गप्रसाद पौडेल, मोहनकृष्ण मगर, खोम पोख्रेल, तेजमाया कार्की, उदय धिताल, पम्फा कुइकेल, टिकाराम खनाल, तुलसी लुङ्गेली मगर, मनिराज राई, सावित्रा भट्टराई, योगेन्द्र पोख्रेल रहेका छन् ।

नेकपा एमालेका जिल्ला सदस्य पर्शुराम मिश्रले निर्वाचित वडा कमिटी सदस्यलाई सपथ खुवाएका थिए । अधिबेशनमै एमालेका पुराना कार्यकर्ता हरिलाल गौतमलाई सम्मान समेत गरेको थियो ।

