
क्रेजी संवाददाता
पथरी । नेकपा एमाले पथरीशनिश्चरे २ को प्रथम वडा अधिवेशनबाट नैना राई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा दमन्ता मिश्र, सचिवमा कमलराज आचार्य, उपसचिवमा ध्रुव श्रेष्ठ र अम्बिका लिम्बु निर्वाचित भएका छ्न ।

यस्तैगरी सदस्यहरुमा शोभा तिम्सिना, गुरुप्रसाद नेपाल, मुना गुरुङ, अर्जुन दाहाल, सनम मगर, यसोदा राई, बालात्री राई, चन्द्र कुमार राई, रुद्र पोख्रेल, प्रकाश राई, गंगाप्रसाद गिरी, लिला दाहाल, मेघराज चापागाई, विरेन्द्र रिजाल, गंगा लिम्बु, चुडामणि पौडेल, ऐतराज पौडेल, जीवन आचार्य, सुभद्रा बुढाथोकी रहेका छन् ।

शनिवार पथरीशनिश्चरे २ मा अवस्थित सुन्दर सामुदायिक वनमा भएको प्रथम वडा अधिबेशनले ३१ सदस्यीय वडा कमिटी निर्वाचित गरेको हो । निर्वाचित पदाधिकारीहरुलाई वडा अधिवेशनका सहजीकरण समितिका सदस्य नोवलकिशोर खनालले सपथग्रहण खुवाएका थिए ।

