
मासोन माउन्टको ह्याट्रिकको मद्दतले चेल्सीले प्रिमियर लिगमा शनिवार नर्विच सिटीलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा माउन्टले ह्याट्रिक पूरा गरे भने कलुम हडसन ओडोई, रिस जेम्स र बेन चिलवेलले एक–एक गोल गरे ।
नर्विचका म्याक्स आरोन्सले एक आत्मघाती गोल गरे ।६५औं मिनेटमा बेन गिब्सन दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिँदा नर्विच १० खेलाडीमा समेटिएको थियो ।जितपछि शीर्ष स्थानको चेल्सीले ९ खेलबाट २२ अंक जोडेको छ ।
चेल्सीले एक खेल कम खेलेको दोस्रो स्थानको लिभरपुलसंग ४ अंकको दूरी बनाएको छ ।सातौं हार बेहोरेको नर्विच भने ९ खेलबाट जम्मा २ अंकसहित पुछारमा छ ।


