अपाङ्गता भएकाहरुका लागि सहायक सामग्री वितरण - Crazysaptahik.com

अपाङ्गता भएकाहरुका लागि सहायक सामग्री वितरण

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रभरिका शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि छुट भएका सहायक सामग्री आज पनि वितरण गरिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन् र नगरपालिकाको सहकार्यमा अपाङ्ता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत सहायक सामग्री वितरण गर्ने क्रममा वडा नम्बर १ र ४ का ३ जनालाई ह्वील चियर वितरण गरिएको छ । नगर उपप्रमुख यमुना बिष्ट बास्तोला, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल तथा अपाङ्ता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमका सहजकर्ता सहितबाट सामग्री वितरण भएको हो ।

यसैक्रममा आज नै नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक वास्तोलाले १० नम्बर वडा कार्यालयमा हिजो ताला तोडिएको घटनाको अनुगमन गर्नुभएको छ । हिजो रातीको समयमा अज्ञात रुपमा कार्यालयको ताला तोडिएको घटनाको विषयमा प्रहरी प्रशासनले सत्यतथ्य चाँडो छानविन गर्नुपर्ने जनाउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.