
सर्जिओ रामोस र लिओनल मेस्सी विना भएको इएल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । स्पेनिस ला लिगामा आइतबार भएको खेलमा रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई २–१ गोल अन्तरले हराएको हो ।
नाउ क्याम्पमा भएको खेलमा रियलले ३२औं मिनेटमा अलाबाको गोलबाट अग्रता लिएको थियो भने इन्जुरी टाइममा लुकासले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।खेलको ७४औं मिनेटमा मैदान प्रवेश गरेका सर्जिओ एग्युरोले पहिलो इइल क्लासिकोमै गोल गरे । उनले इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गरेका हुन् ।
तर बार्सिलोनाको हार भने टार्न सकेनन् । यो खेल सन् २००४ पछि पहिलो पटक रामोस र मेस्सी विना भएको थियो । दुबै खेलाडी यो सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा आवद्ध भएका थिए । जितसँगै रियल मड्रिड ९ खेलबाट २० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने १५ अंक जोडेको बार्सिलोना आठौं स्थानमा छ ।


