प्रथम स्व.राजु सोदेन स्मृति कप सुरु, उद्घाटन खेलमा झापा विजयी - Crazysaptahik.com

प्रथम स्व.राजु सोदेन स्मृति कप सुरु, उद्घाटन खेलमा झापा विजयी

क्रेजी संवाददाता
केराबारी । मोरंगको केराबारीमा आज सोमबारदेखि प्रथम स्व.राजु सोदेन स्मृति कप २०५८  सुरु भएको छ । राजु सोदेन स्मृति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा फुटबल क्लवले बिजयी सूरुवात गरेको छ ।

वसाहा फूटबल क्लव उदयुपुरलाई १ को विरुद्ध ४ गोल गर्दै झापाले विजयी सुरुवात गरेको हो । झापाका खेलाडी गणेश हेम्बू्रंगले खेलको ११ औं मिनेटमा पहिलो गोल गरी गोलको खाता खोलेका थिए । त्यसपछि लगतै पहिलो हाफको १९ औं मिनटमा सरोज कार्कीले पुनः अर्को गोल थपेका थिए ।

उदयपुरका तर्फबाट पहिलो हाफको १८ औं मिनटमा पवन कार्कीले गोल फर्काएसंगै खेल निकै प्रतिस्पर्धात्मक वनेको थियो । उदयपुरका खेलाडीले गोल गर्ने धेरै अवसर प्राप्त गरेपनि गोल गर्न नसक्दा वसाहा फूटवल क्लवले नमिठो हार व्यहोर्नुपरेको थियो ।

मध्यान्तरपछि झापाका खेलाडी रोहन कार्की र श्याम मुर्मुले १, १ गोल गरे । खेलको म्यान अफ दी म्याच झापाका खेलाडी रोहन कार्की घोषित भएका छन् । उनले नगद संगै टफी प्राप्त गरेका छन् । मंगलबार हुने दोश्रो खेल १० नवोदय फुटबल  क्लव पथरी र विराटनगर स्पोर्टस क्लव विच हुने मूल आयोजक समितिका प्रवक्ता अनिल ठकुरीले जानकारी दिएका छन् ।

 

औपचारिक/उद्घाटन कार्यक्रम

प्रतियोगिताको उद्घाटन केराबारी गाउँपालिका प्रमुख रोहित वहादुर कार्कीले राजु सोदेनको तस्विर अंकित ब्यालुन आकासमा उडाउँदै खेलका अम्पाएरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

खेलकुदको माध्ययमवाट केराबारीलाई राष्टिय तथा अन्तराष्टिय स्तरमा चिनाउन सकिन्छ भन्ने उदेश्यका साथ स्व.सोदेनको स्मृतिमा फूटबल प्रतियोगिता आयोजना गरिएको हो । उद्घाटन खेल सुरु हुनुपूर्व खेल मुल आयोजक समितिका सचिव बिमल चेम्जोंगले राजु सोदेनको संक्षिप्त जीवनी बाचन गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्किकुमारी लिम्बू भूजेल,शिक्षाविद टेकवहादुर थपलिया, प्रमुख अतिथी केराबारी गाउँपालिका अध्यक्ष रोहितवहादुर कार्कीले केराबारीको फुटबलको विकासमा कोशेढुंगा सावित हुने र यसले केराबारीलाई राष्टिय अन्तराष्तिय स्तरमा चिनाउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खवर