
क्रेजी संवाददाता
केराबारी । मोरंङको केराबारीमा जारी स्व. राजु सोदेन स्मृति कप फुटबलको दोस्रो दिन भएको खेलमा पथरीको १० नवोदयले सानदार जित निकालेको छ ।
मंगलबार भएको क्वाटर फाइनल खेलमा विराटनगर एकेडेमीलाई १० नवोदय फुटबल क्लव पथरीले शुन्यको विरुद्ध ५ गोलको फराकिलो अन्तरले हराएको हो । जितसँगै १० नवोदय फुटबल क्लव पथरीले सेमिफाइनलको यात्रा तय गरेको छ ।
१० नवोदयको तर्फबाट सनम भूजेलले २ गोल र सुवास तामाङ, निरज परियार र अफ्रिकन खेलाडी हेन्ड्रीले समान १÷१ गोल गरेका थिए । दुई अफ्रिकन खेलाडी सहित मैदान उत्रेको १० नवोदयका खेलाडी सुवास तामाङले खेलको ५ औं मिनटमा पहिलो गोल गरी खाता खोलेका थिए । यस्तैगरी सनम भूजेलले १० औं र २४ औं मिनटमा २ गोल गरी मध्यान्तर अघि ३ / ० को स्कोर गरेको थियो ।

विराटनगर एकेडेमीले खेलको करिब अन्तिम समयमा सान्तवना गोल गर्ने सुवर्ण अवसर प्राप्त गरे पनि गोल गर्न नसक्दा लज्जास्पद हार व्यहोरनु परेको हो । दोस्रो हाफपछि खेलमा सुधार गरेपनि विराटनगर एकेडेमीले गोललाई जाली चुमाउन नसक्दा हार वेहोर्नु परेको थियो । यस्तैगरी खेलको अतिरिक्त समयमा १० नवोदयका निरज परियारले थप गोल गरे । खेलको म्यान अफ दि म्यान पथरीका विदेशी खेलाडी हेन्ड्री घोषित भए उनले नगद २५ सय सहित मेडल ट्रफी प्राप्त गरे ।
भोलि (बुधबार)को खेल केराबारी फुटबल क्लव आयोजक र फेयर फुटबल क्लव धरान बीच प्रतिस्पर्धा हुने खेल मूल आयोजक समितिका प्रवक्ता अनिल ठकुरीले जानकारी दिए ।

