क्रेजी संवाददाता
पथरीशनिश्चरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरीशनिश्चरे नगर अधिबेशनबाट अध्यक्षमा रमेश दाहाल सर्वसहमत चयन भएका छन् ।
मंगलबार साँझ अबेरसम्म सर्वसहमति गरी अध्यक्ष मण्डलले दाहालको नेतृत्वमा पदाधिकारीको घोषणा गरेको हो । यस्तैगरी उपाध्यक्षमा उमानाथ अधिकारी, सचिवमा भीम राई, सह–सचिवमा रुक्मीणा बजगाई र एलबी भण्डारी सर्वसमत चयन भएको अध्यक्ष मण्डलका सदस्य अर्जुन क्षेत्रीले जानकारी दिए ।
अधिकारी, दाहाल, अधिकारी राई तीनै जना अध्यक्षका दाबेदारी थिए । अध्यक्षको लागि बाबुराम ऐङ्देन, प्रकाश कार्की, ज्ञानेन्द्र अधिकारी लगायतको पनि दाबेदारी थियो । अधिवेशनको लागि पार्टीको प्रदेश सदस्य रामकुमार बस्नेतको अध्यक्षतामा युवराज बास्कोटा, देबराज भण्डारी, दिलिपकुमार राई (किशोर) र अर्जुनकुमार क्षेत्री सदस्यरहेको समिति गठन भएको थियो ।
एमालेको भर्खरै समापन गरेको विधानसभाले स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव एक एक जना सहित गाउँ, नगरमा ७५ सदस्य रहने व्यवस्था गरेको छ । विधान बमोजिम प्रत्येक वडाबाट सदस्य आइसकेको समेत अध्यक्ष मण्डलको सदस्य अर्जुन क्षेत्रीले बताए ।