
क्रेजी साप्ताहिक
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–१० मा आज बुधबारबाट पिटबोर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७८ सुुरुवात भएको छ ।
थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा पथरीशनिश्चरे रंगशालामा भएको उद्घाटन खेलमा शिवसताक्षी एफ.सी. झापालाई २– १ गोल अन्तरले पराजित गर्दै भाउन्ने एफ.सी. मोरङ प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको हो ।

प्रतियोगिताको २१ आंै मिनेटमा भाउन्नेको तर्फबाट सन्तोष न्यौपानेले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा शिवसताक्षीका मनिस लिम्बुले गोल फर्काउँदै बराबरीमा पु¥याए । दोस्रो हाफको अन्तिम ५५ आंै मिनेटमा पुनः सन्तोष न्यौपानेले नै दोस्रो गोल गरी भाउन्नेलाई दोस्रो चरणमा प्रवेश गराएको हो । प्रतियोगिताको अतिरिक्त ४ मिनेटको समयमा झापा शिवसताक्षीले २ वटा अवसरहरु गोल गर्नबाट चुकेका थिए ।

उद्घाटन खेलको म्यान आफ द म्याच २ गोल गर्ने भाउन्नेको सन्तोष न्यौपाने घोषित भए । भोलिको खेल विराटनगर एफ.सी. र भुटानी ब्वाइज क्लब वीच प्रतिष्पर्धा हुने आयोजक समितिको संयोजक गणेश थक्लुङ लिम्बूले जानकारी दिए ।
औपचारिक कार्यक्रम :

उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे नगरको उपप्रमुख यमुना बिष्ट बास्तोलले खेलकुदको माध्यमबाट नगरलाई परिचय गराउने आयोजक समितिलाई धन्यवाद दिएका थिए । खेल भइरहेको मैदानलाई नगरले पथरी शनिश्चरे रंगशालाको रुपमा डीपीआर तयार गरिसकेको समेत उपप्रमुख बिष्टले सुझाए । उद्घाटन खेलमा अखिल नेपाल फुटबल संघ मोरङको अध्यक्ष दिपेन्द्र धिमाल लगायतको उपस्थिति रहेको थियो ।

झापा, मोरङ र सुनसरीको १० टिम सहभागी हुने प्रतियोगिताको प्रथम र दास्रो हुनेले फुटबल टिमले क्रमस एक लाख एक हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

