
क्रेजी संवाददाता
केराबारी । मोरङको केराबारीमा जारी स्व. राजु सोदेन स्मृति कपको सेमिफाइनलमा फेयर फुटबल क्लब धरान प्रवेश गरेको छ ।
फटबल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा आयोजक केराबारी फुटबल क्लवलाई २ को विरुद्ध ३ गोल गर्दै फेयर फुटबल क्लव धरान सेमिफाइनल प्रवेश गरेको हो । धरानको लागि टिम क्याप्टेन साजन राईले खेल सुरुवात भएको ६ मिनेटमा गोल गरे भने कृष्ण राईले २ गोल गरेका थिए ।
फेयर फुटबल क्लव धरानको तर्फबाट पहिलो हाफको ६ मिनटमा साजन राईले उत्कृष्ट गोल गरेका थिए । कर्णरबाट पाएको बललाई हेड मार्फत राइले पहिलो आर्कषण गोल गरेका हुन् । त्यसपछि केराबारी एफसीका तर्फबाट जर्सी नं. १० का सुजन रसाइलीले खेलको १६ औं मिनेटमा गोल फर्काएर खेल बराबरी गरेका थिए । तर, त्यसको एक मिनट लगत्तै फेयर फुटबल क्लव धरानका खेलाडी कृष्ण राईले १७ औं र २९ औं मिनटमा पुनः गोल थपेर मध्यान्तरसम्म ३ गोल गर्दै टिमलाई अग्रता दिलाए ।

स्थानीय घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको आयोजक केराबारी एफसीले निर्धारित पहिलो हाफको २० औं मिनटपछि खेललाई सुधार गर्दै गोलपोष्टमा राम्रो प्रहार गर्ने अवसर पाए पनि गोल गर्न चुक्दा १ गोलको अन्तरमा हार व्यहोर्नु परेको थियो । मध्यान्तर पछिको खेलमा आयोजकले खेल सुधार गर्दै टिमलाई अगाडि वढाएसंगै ५६ औै मिनटमा सुजन बजगाईले १ गोल थप्न सफल भए ।
आजको खेलमा म्यान अफ दि म्याच फेयर फुटबल क्लव धरानका गोल गिपर विष्णु चौधरी घोषित भए । चौधरीले नगद २ हजार ५ सहित ट्रफी मेडल हात पारे । जितसँगै फेयर फुटबल क्लव धरानले झापासंग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । विहिबार हुने पहिलो चरणको अन्तिम खेलमा इटहरी फुटबल क्लव सुनसरी र लेटाङ फुटबल क्लब बीच प्रतिस्पर्धा हुने खेल मुल आयोजक समितिका प्रवक्ता अनिल ठकुरीले जानकारी गराए ।

