मोन्चेनग्लाडबाकसँग ५–० ले हार्दै बायर्न जर्मन कपबाट बाहिरियो - Crazysaptahik.com

मोन्चेनग्लाडबाकसँग ५–० ले हार्दै बायर्न जर्मन कपबाट बाहिरियो

बायर्न म्युनिखले सन् १९७८ यताकै सबैभन्दा ठूलो हार बेहोर्ने क्रममा जर्मन कपको दोस्रो चरणमा बोरुसिया मोन्चेनग्लाडसँग ५–० को पराकिलो अन्तरले पराजित भएको छ । सर्वाधिक २० पटक च्याम्पियन बायर्नको जर्मन कपमा यो सबैभन्दा फराकिलो हार हो ।

हारपछि बायर्न दोस्रो चरणबाटै बाहिरिँदा मोन्चेनग्लाडबाक अन्तिम १६ मा प्रवेश गरेको छ । मोन्चेनग्लाडबाको जितमा ब्रिल एम्बोलो र रामी बेन्सबाइनीले दुई÷दुई गोल गरे भने काउडिया कोनले एक गोल गरे । हारपछि बायर्नका स्पोर्टिङ डिरेक्टर तथा पूर्व खेलाडी हासन सालीहामिडिकले आफू स्तब्ध रहेको प्रतिक्रिया दिए ।

कोभिड–१९ पोजेटिभ भएका बायर्नका प्रशिक्षक युलियन नाइगलसम्यान सेल्फ आइसोलेसनमा थिए । बायर्नले पाँच गोल अन्तरले खेल हारेको ४३ वर्षपछि यो पहिलो हो । १९७८ मा बायर्न बुण्डेसलिगामा फर्चुना डुसेलडर्फसँग ७–२ ले पराजित भएको थियो । बायर्नको फराकिलो हार भने सन् १९७६ मा लिगमा साल्केसँग ७–० को हार थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.