
साविक विजेता म्यानचेष्टर सिटी ईएफएल कपको चौथो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा सिटी वेष्टह्यामसँग पेनाल्टीसुटआउटमा ५–३ ले पराजित भएको थियो । निर्धारित सममयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सुटबउटमा पुगेको थियो ।
जहाँ वेष्टह्यामका लागि पेनाल्टीमा मार्क नोबल, जारोर्ड बोवेन, क्रेग डवसन, आरोन क्रेसवेल र सइड बेरनअमले गोल गरे । सिटीका लागि फिल फोडेनले पहिलो प्रहार नै गोल गरे सकेनन् । सिटीका जाओ कान्सेलो, गाब्रीएल सेसस र ज्याक ग्रिलिसले मात्र गोल गरे ।
जितपछि वेष्टह्यम क्वाटरफाइनलमा प्रवेश गरेको छ । सिटी बाहिरिँदा प्रिमियर लिग क्बलहरु लिभरपुल, टोटनहम हट्सपर र लेस्टर सिटी भने जित हात पार्दै क्वाटरफाइनलमा पुगेका छन् ।
लिभरपुलले च्यम्पियनसिप क्लब प्रेस्टन एण्ड नर्थ एण्डलाई २–० ले तथा टोटनहमले प्रिमियर लिगकै बर्नलीलाई १–० ले हरायो । लेस्टरले भने ब्राइटनलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित ग¥यो । यस्तै स्टोक सिटीलाई २–१ ले हराउदै प्रिमियर लिगकै ब्रेन्टफोर्ड पनि क्वाटरफाइनल पुगेको छ ।


