
क्रेजी संवाददाता
केराबारी । मोरङको केराबारीमा जारी स्व.राजु सोदेन प्रथम स्मृति कप २०७८ अन्र्तगत विहिबार भएको अन्तिम क्वाटर फाइनल खेलमा इटहरी फुटबल क्लव बिजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।
विहिबार भएको प्रतियोगितामा लेटाङ फुटबल क्लवलाई शुन्यका विरुद्ध १ गोल गर्दै इटहरीले सेमिफाइनलको यात्रा तय गरेको हो । जितसँगै इटहरी फुटबल क्लवले शनिबार हुने सेमिफाइनलको खेलमा टेन नवोदय फुटबल क्लब पथरीसँगको भेट पक्का गरेको हो ।
आजको अत्यन्तै कडा प्रतिस्पर्धाका विच भएको खेलमा पहिलो हाफको निर्धारित समयमा दुवै टिमले गोल गर्न सकेनन् । दोस्रो हाफको १३ औं मिनटमा राजेश लुङ्गेली मगरले डिबक्स एरियाबाट प्रहार गरेको बललाई लेटाङका गोलकिपरले बल नियन्त्रणमा लिने प्रयास गर्दा गोलपोष्टको क्रसबारको दायाँ कुनाबाट बलले जाली चुमेको थियो । बिजेता इटहरीका लागि त्यही गोल नै निर्णायक गोल बन्न पुगेको थियो ।
दोस्रो हापको अन्तिम समयमा आक्रमक रुपमा प्रस्तुत भएको लेटाङ फुटबल क्लवका विदुर रिजालले इटहरीका खेलाडीलाई फल हानेपछि खेल केहीवेर तनावग्रस्त हुँदा खेलाडीहरू एकआपसमा विवादमा उत्रिएका थिए । केही क्षण विवाद बढेपछि मुख्य एम्पायरले विदुरलाई रेड कार्ड दिए । त्यसपछि इटहरीका खेलाडी एलन राईलाई पनि रेड कार्ड दिएपछि मैदानमा ८ आठ जना खेलाडी सीमित भएका थिए ।

इटहरी फुटबल क्लवका गोलरक्षक सुदिप चौधरी म्यान अफ दि म्याच घोषित भए । उनलाई नगद २५ सय सहित ट्रफी मेडल आयोजकका प्रवक्ता अनिल ठकुरीले प्रदान गरे । शुक्रबार हुने पहिलो सेमिफाइनल खेल झापा फुटबल क्लल र फेयर फुटबल क्लव धरान बीच हुने खेल मुल आयोजक समितिले जानकारी दिएको छ ।

