प्रथम स्व. राजु सोदेन स्मृति कप : झापा फुटबल क्लब फाइनलमा प्रवेश - Crazysaptahik.com

प्रथम स्व. राजु सोदेन स्मृति कप : झापा फुटबल क्लब फाइनलमा प्रवेश

क्रेजी संवाददाता
केराबारी । मोरङको केराबारीमा जारी प्रथम स्व.राजु सोदेन स्मृति कपको फाइनलमा झापा फुटबल क्लब प्रवेश गरेको छ ।

शुक्रबार भएको निक्कै नै प्रतिस्पर्धात्मक खेलमा फेयर फुटबल क्लव धरानलाई टाइब्रेकरमा स्तब्ध पार्दै झापाले फाइनलको यात्रा तय गरेको हो । प्रस्तावित केराबारी रंगशालामा अत्यन्तै प्रधिस्पर्धाका बीच भएको खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल गर्न नसकेपछि खेल टाइबे्रकरमा धकेलिएको थियो । टाइब्रेकरमा फेयर फुटबल क्लव धरानका खेलाडीले प्रहार गरेको पहिलो गोल क्रसबार माथिबाट बाहिरियो भने दोस्रो गोल झापाका गोलकिपरले विफल तुल्याइदिएपछि २ का विरुद्ध ४ गोल गर्दै झापाले फाइनलको यात्रा सुरक्षित गरेको हो ।

पहिलो क्वाटर फाइनल खेलमा बसाहा फुटबल क्लव उदयपुरलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको झापाले शुक्रबार भएको समूह ए को अन्तिम सेमिफाइनल खेलमा टाइबे्रकरमा पनि गोलकिपरले उत्कृष्ट प्रर्दशन गरेका कारण जित झापा फाइनलमा सुरक्षित भएको हो । झापाले शनिबार हुने सेमिफाइनलको बिजेता टिमसँग सोमबार हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । शनिबारको दोस्रो सेमिफाइनल खेल इटहरी फुटबल क्लव र टेन नवोदय फुटबल क्लव पथरी बिच हुनेछ ।

खेलको म्यान अफ द म्याच झापा फुटबल क्लबका गोलकिपर विप्लप गुरुङ घोषित भए । उनले नगद रु. २५ सय सहित ट्रफी र मेडल प्राप्त गरेका छन् । उपाधि विजेता टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने मूल आयोजक समितिका प्रवक्ता अनिल ठकुरीले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.