सह्रानीय कार्यमा राष्ट्रिय युवा संघ मिक्लाजुङ - Crazysaptahik.com

सह्रानीय कार्यमा राष्ट्रिय युवा संघ मिक्लाजुङ

लङसिङ श्रेष्ठ
मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका वाड न ४ राष्ट्रिय युवा संघ सचिव तथा युवा ब्यवसायी बबी राईको नेतृत्वमा शुक्रबार मेरुदण्ड पीडित मानबहादुर राईलाई राहत वितरण गरिएको छ ।

केही महिनाअघि मिक्लाजुङ वडा न ४ पाङ्ग्रे, आहाले, कर्कुसे र भोगटेनी सम्मको विद्युत विस्तारको क्रममा बिजुलीको पोलबाट झरेर असक्त बनेका राईको मेरुदण्ड भाचिएको थियो ।

सोही क्रममा पूर्ण असक्त भएका राईलाई चामल, तेल, साबुन लगायत जिन्सी सामाग्री राहत स्वरुप वितरणसँगै ह्विल चियरमा हिडन्डुल गर्नका लागि नेकपा एमाले मिक्लाजुङ ४ का अध्यक्ष लेनिन राईले जेसीबी लगाइ पर्याप्त स्थान सम्याएर सहज बनाइ दिएका छन् ।

उक्त राहत वितरणका लागि मिक्लाजुङ वडा नं. ४ का अध्यक्ष बुद्घीमान लिम्बु, वडा सदस्य हर्क बिक, नेकपा एमाले पार्टी अध्यक्ष लेनिन राई, नेकपा एमाले जिल्ला सदस्य देबेन्द्र राई, नेकपा एमाले जिल्ला सदस्य जित बहादुर राई, नेकपा एमाले गाउँ पार्टी सदस्य पुर्ण राई, नेकपा एमाले गाउँ पार्टी सदस्य सुरज राई, रास्ट्रिय युवा संघ मिक्लाजुङ ४ अध्यक्ष मिलन देवान, राष्ट्रिय युवा संघ मिक्लाजुङ ४ सचिव बबि राई र राष्ट्रिय युवा संघ मिक्लाजुङ अध्यक्ष समिर राई (सन्तोस) को उपस्थिति रहेको थियो ।

अब चाँडै नै मिक्लाजुङ ५ खोलिटारका शरीरको विभिन्न भागमा मासु पलाएका सुवास राईको उपचारमा समेत सहयोग गर्ने मिक्लाजुङ ४ का राष्ट्रिय युवा संघ सचिव बबी राईले प्रतिबद्धता जनाएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.