
क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–१ मा २०६५ सालमा स्थापित न्यू पाथीभरा अटो प्लाजाले यामाहा कम्पनीका बाइक र स्कुटर विक्री गर्दै आइरहेको छ ।
अहिले यस क्षेत्रकै बाइक र स्कुटर धेरै विक्री गर्नेमा दरिन्छ– न्यू पाथीभरा अटो प्लाजा । प्लाजाले रे जेठ, फेसिनो, रे जेठ आर डिस्क १२५, रे जेठ एसआर १२५, फेसिनो १२५ स्कुटरहरु विक्री गरिरहेका छन् । यस्तै बाइकहरु सालुटो, एस.जेठ.आर.आर, एफ.जेठ १६ एफ.आई., एफ.जेठ.एस. डीडी, एफ.जेठ.भी. ३ बीएस ६, आर १५ भर्सन ३, एफ.जेठ २५ तिव्र रुपमा विक्री भइरहेको प्लाजाका संचालक विपिन खड्काले बताए ।

यस प्लाजाबाट अहिले एफ.जेठ. २५ सेगमेन्टका मोटरसाइकल बढी मात्रामा विक्री भइरहेका छन् । यो बाइकलाई विशेषगरी युवा जमातले अलि बढी रुचाएइएको पाइएको छ । यस्तैगरी स्कुटरमा चाहिँ रे.जेठ.आर. १२५ लाई अलि बढी रुचाइएको सञ्चालक खड्काले जनाए ।
यस प्लाजाबाट बाइक र स्कुटर खरिद गर्न आउनेहरु कहाँकहाँबाट आउने गरेका छन् ? भन्ने क्रेजी साप्ताहिकको प्रश्नमा सञ्चालक खड्काले भने – ‘विशेषत ः यहाँ लेटाङ, जाँते, मिक्लाजुङ, कानेपोखरी, हसन्दह, अमरदह लगायतका स्थानबाट यहाँ बाइक खरिदका लागि आउने गरेका छन् ।’

यसरी यामाहा कम्पनीका मोटरसाइकल र स्कटुर पहिलो प्राथमिकतामा पर्नुको मुख्य कारण माइलेज, सेल्स अनि सर्भिसको तारतम्य भएको ग्राहकहरु बताउँछन् । पथरीको यस न्यू पाथीभरा अटो प्लाजामा भेटिएका मिक्लाजुङका सन्तोष वान्तवाले भने–‘यामाहा कम्पनीको बाइकहरु विशेषतः माइलेज र सेल्फ सर्भिस र कुदाउन कम्फर्ट भएकै कारण लोकिप्रय छन् ।’

प्लाजाले बाइक र स्कुटर विक्रीलाई मात्र प्राथमिकता दिएको छैन, अत्याधुनिक प्रविधिद्वारा सर्भिस सिस्टम राखेर ग्राहकलाई सेवा प्रदान गरिरहेको छ, सर्भिसमा दक्ष प्राविधिकहरूद्वारा छिटो छरितो सेवा पनि प्रदान गर्दै आएको छ ।
यामाहा कम्पनीको चाडपर्व विशेष छुट स्किमहरु पनि प्रदान गर्दै आइरहेको छ । त्यस अन्तर्गत प्लाजामा दशैं, तिहार, छठ पर्वको स्किम स्क्रेच कुपनमा ८ हजारदेखि १ लाखसम्म प्रदान गर्दै आइरहेको छ । यसैगरी अलनेपाल प्लाजाले हरेक हप्ता एक जनालाई ४ तोला सुन र बम्परमा १२ तोला सुनको अफर पनि दिदै आइरहेको छ ।

