चौथो बेलबारी गोल्डकप : आयोजकलाई हराउँदै रारा फुटबल क्लब सेमिफाइनलमा - Crazysaptahik.com

चौथो बेलबारी गोल्डकप : आयोजकलाई हराउँदै रारा फुटबल क्लब सेमिफाइनलमा

क्रेजी संवाददाता
लक्ष्मीमार्ग । रारा फुटबल क्लब धनकुटाले आयोजक डाँगीहाट युथ क्लबलाई दुई एक गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज बेलबारी–११ मा अवस्थित लक्ष्मी मार्गमा भएको खेलमा रारा फुटबल क्लब धनकुटाले आयोजकलाई हराउन सफल भएको हो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रहेको खेलमा मध्यान्तर अघि एकाएक गोल बराबरीमा रहेको थियो । दोस्रो हाफको थप समयमा राराका योगेश गुरुङले एकल प्रयासमा गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।

मध्यान्तर अघि १० औँ मिनेटमा राराका ग्लोरीले कर्ण लिम्बुको पासमा गोल गर्दै टिमको खाता खोलेका थिए । ३० औँ मिनेटमा आयोजकका सन्तोष न्यौपानेले प्रहार गरेको बलले जाली चुम्यो । आयोजकले विपक्षीको पोस्टमा दबाब सिर्जना गर्न सकेता पनि आयोजकका कासिम राईले प्रहार गरेको बल पटक–पटक बाहिरिएको थियोे ।

आजको खेलको म्यान अफ द म्याच रारा फुटबल क्लब धनकुटाका बुद्ध चेम्जोङ भए उनले नगद ५ हजार ५ सय पुरस्कार प्राप्त गरे । सोमबार हुने पहिलो सेमिफाइनल खेल हिमालयन शेर्पा क्लब काठमाडौं र रोलिङ क्लब धुलाबारी झापा बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.