क्रेजी संवाददाता
न्यूयोर्क । अमेरिकाका लागि केशवराम राई पर्यटन सद्भावना दूत नियुक्त हुनुभएको छ ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले (अक्टोबर २९ तारिक) असोज १३ गतेको मितिमा अमेरिकाको न्यूयोर्कमा रहनुभएका राईलाई पर्यटन सद्भावना दूत नियुक्त गरेको बताइएको छ ।
राई युनाइटेड किरात राइ अर्गनाइजेशन अफ अमेरिकाको केन्द्रीय उपाध्यक्ष तथा सामाजिक अभियन्ता हुनुहुन्छ ।
यस्तै राईसँगै अन्य ४ जना पनि पर्यटन सद्भावना दूत नियुक्त हुनुभएको छ । नियुक्ति पाउनेहरुमा टेक्सासका चेतनाथ भट्टराई डल्लास र उद्धव खनाल, न्यू ह्याम्पशायरका शिव कुमार राई र मेरिल्याण्डका टंक कुँवर रहनुभएको छ ।