क्रेजी संवाददाता
पथरी । आइतबारे अस्त्रलाई ९ विकेटले पराजित गर्दै मंगलवारे लिजेन्डले पथरीशनिश्चरे प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ ।
आइतवार पथरीको जाँतेमोडमा अवस्थित रंगशालामा भएको खेलमा आइतवारे अस्त्रले दिएको १ सय २९ रनको लक्ष्यलाई सहजै पूरा गर्दै मंगलबारेले जित दर्ता गरेको हो ।
आइतवारेले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २८ रन बनायो । आइतवारेका लागि आदर्श कार्कीले ३८ रन, द्रोर्ण जंग बस्नेतले २५ र आर्मश राईले १० रन वनाउन वाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
आइतवारेलाई मध्यम योगफलमा समेट्ने क्रममा मंगलबारेका लागि योगेश श्रेष्ठले ३ विकेट राकेश दाहालले २ अभिषेक विकले र निशान थोप्राले १ विकेट लिन सफल भए ।
जवाफी व्याटिङ गरेको मंगलवारेले १६ ओभरमा निर्धारित लक्ष्य पूरा गरेको हो । मंगलवारेका योगेश श्रेष्ठले ६ छक्का र ५ चौका सहित ७२ रन र निशान थोप्राको ४९ रनको मद्दतले खेल आफ्नो पक्षमा पा¥यो । ४९ रनमा आउट भएका थाप्रोको स्थानमा आएका दिपक राईले ८ रन बनाए । आइतवारेका द्रोणजंग थापाले १ विकेट लिए । ३ विकेट सहित ७२ रन जोडेका योगेश म्यान अफ दि म्याच घोषित भए ।
सोमवारको पहिलो खेल वुद्ध युनाइटेड र विरेन्द्रनगर स्टिल टाइगर बीच हुनेछ भने दोस्रो खेल आइतवारे अस्त्र र हिसाव किताव टाइडे«स विच हुने आयोजकले जानकारी दिएको छ ।