अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पाकिस्तानका मोहम्मद रिजवानलाई आईसीसीको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित गरेको छ। यस दौडमा भारतीय अलराउन्डर अक्षर पटेल र अष्ट्रेलियाका क्यामरुन ग्रीन पनि रहेका थिए ।
मोहम्मद रिजवान हाल आईसीसी टी–२० ब्याटिङ वरियतामा नम्बर एकमा छन् । ’प्लेयर अफ द मन्थ’ छनोट भएपछि मोहम्मद रिजवानले भने, “म अल्लाहलाई धन्यवाद दिन चाहन्छु।
साथै ती सबै मानिसहरूलाई धन्यवाद व्यक्त गर्दछु जसको सहयोगमा मैले यो अवार्ड जित्न सफल भएको छु।“