रिजवान सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित - Crazysaptahik.com

रिजवान सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पाकिस्तानका मोहम्मद रिजवानलाई आईसीसीको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित गरेको छ। यस दौडमा भारतीय अलराउन्डर अक्षर पटेल र अष्ट्रेलियाका क्यामरुन ग्रीन पनि रहेका थिए ।

मोहम्मद रिजवान हाल आईसीसी टी–२० ब्याटिङ वरियतामा नम्बर एकमा छन् । ’प्लेयर अफ द मन्थ’ छनोट भएपछि मोहम्मद रिजवानले भने, “म अल्लाहलाई धन्यवाद दिन चाहन्छु।

साथै ती सबै मानिसहरूलाई धन्यवाद व्यक्त गर्दछु जसको सहयोगमा मैले यो अवार्ड जित्न सफल भएको छु।“

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.