क्रेजी संवाददाता
पथरी । पथरीमा जारी पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको बुधबार भएको खेलमा हिसाव किताब ट्राइडेन्स र रोयल किङ बिजयी भएका छ्न ।
ओभर घटाएर खेलाइएको खेलमा हिसाब किताबले मंगलबारे लिजेन्ड माथि २ रनको जित निकाल्दा रोयल आइतबारे अस्त्र माथि हाबी भएको थियो ।
मंगलबारेले टस जितेर फिल्डिङ रोजेपछि हिसाब किताबका सुरज खडकाले ब्यक्तिगत ४५ रन सहित ७ विकेट गुमाएर ५६ रन बनायो । मंगलबारेका योगेश श्रेष्ठले ३ तथा राकेश दाहाल र रोहन गहतराजले २/२ विकेट लिए ।
६ ओभरमा घटाइएको खेलमा ५७ रनको लक्ष्य मंगलबारेले भेटाउन सकेन । ५४ रनमै ओभर सकिएपछि २ रनको हार व्यहोर्न बाध्य बन्यो । मंगलबारेका लागी नट आउट २८ रन बनाएका रोहन गहतराज बाहेक योगेश श्रेष्ठले १० रन बनाए ।हिसाब किताबका नेल्सन दंगालले २ तथा सुरज खडकाले १ बिकेट लिए ।
यस्तैगरी दोस्रो खेलमा आइतबारे अस्त्रमाथि रोयलले ९२ रनको जित निकाल्यो । रोयलका भुपेन राई र पाबेल राईले अर्धशतक बनाए । भुपेन ७१ र पाबेल ६२ रन बनाएर आउट भए । आइतबारेका आदर्श कार्कीले २ तथा संजय मुर्मुले १ विकेट लिए । जवाफी ब्याटिङ थालेको आइतबारे ५२ रनमा समेटियो । आइतबारेलाई सस्तैमा समेटन बिश्व बस्नेत र पाबेल राईले ३/३ तथा महेश कार्कीले २ विकेट लिए ।
आइतबारेका कुनै खेलाडिले दोहोरो रन बनाउन सकेनन । पुस्कर राईले ९ रन बनाए । पाबेल राई म्यान अफ दि म्याच घोषित भए । आइतबारेको यो लगातार तेस्रो हार हो भने रोयलको दोस्रो जित हो ।