क्रेजी संवाददाता
पथरी । मोरङको पथरीमा जारी तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको विहिवारको खेलमा क्लसिक एलाभेन हसन्दह र किर्तिपुर सात बाघ विजयी भएका छन् ।
हसन्दहले वुद्ध युनाइटेडलाई ४ विकेट र सात बाघले विरेन्द्रनगर स्टिललाई समान ४ विकेटले पराजित ग¥यो । पहिलो खेलमा विरेन्द्रनगरले दिएको ९५ रनको लक्ष्यलाई १८ ओभर १ वलमा पूरा ग¥यो । टस हारेर व्याटिङमा उत्रिएको विरेन्द्रनगरले १८ ओभर ३ बलमा अलआउट हँुदै ९५ रन जोड्यो । रेवत थक्सुले ३३ र अजित पैक्राले १४ रन जोडन वाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
विरेन्द्रनगरलाई सस्तैमा समेट्न सात बाघका अनिस लुइटेलले ७ रन खर्चेर ३ विकेट लिए । अस्विन महतले २ विकेट लिदा केलिन राई, रहर लामा र दिपेश भण्डारीले समान १/१ विकेट लिए । जवाफी व्याटिङ थालेको सातबाघले १८ ओभर १ वलमा पूरा गर्दा ६ विकेट गुमायो । सात बाघका केलिन राईले १८ बलमा ३८ रन प्रहार गर्दै टिमलाई जित दिलाए । सातबाघका निधित राईले २२ र रहर लामाले ११ रन वनाउन सफल भए ।
विरेन्द्रनगरका दिपक नेपाली र आभाष पाहिमले २/२ विकेट लिए भने पशुपती दाहाल र मुरारी खनालले १/१ रन वनाए । खेलको म्यान अफ दि म्याच केलिन राई घोषित भए ।
सोलोमन राईको अर्घसतिकय प्रर्दशनले हसन्दहले दोस्रो जित ग¥यो । वुद्धको यो पहिलो हार हो । दोश्रो खेलमा वुद्ध युनाइटेडले दिएको १२१ रनको लक्ष्य हसहन्दले १९ ओभरमा पुरा ग¥यो । वुद्धले २० ओभरमा १२० रन वनायो । वुद्धका लागी राकेश राईले ३७ रन वनाउदा राजकुमार मगर,आशुतोष थापा र कमल थापाले समान १८ रनको योगदान गरे ।
हसन्दहका सुजन खत्रीले ४ तथा वुद्ध मगर सजिव धिमाल र सोलोमन राईले १/१ विकेट लिए । सोलोमन राईले अविजित ५० रन वनाउदा वुद्ध आले मगरले २२ रनको योगदान गरे । वुद्धका राजु राईले २ तथा अनिस तामाङ र सविन अधिकारीले समान १/१ विकेट लिए ।
अभिजित अर्धसतक सहित १ विकेट लिएका सोलोमन म्यान अफ दि म्याच घोषित भए । शुक्रवारको खेल हिसाव किताव ट्राईडेन्स र रोयल किङ्ग विच हुने छ ।
लिग चरणको १ खेल सम्पन्न वाकि हुृदा रनरेटका आधारमा क्लासिक एलाभेन हसन्दह लिग टेवलमा अगाडी छ । हिसाव किताव र रोयल किङ्गले एक खेल कम खेलेका छन् । आइतवारे अस्त्र र विरेन्द्रनगर स्टिल टाइगरले कुनै खेल जितेका छैनन् । मंगलवारे जिलेण्डले ३ खेलमा १ जित दर्ता गर्दा सातबाघ, बुद्ध युनाइटेड ३ खेलमा २ जित हासिल गरेका छन् ।