कर्मचारी सम्मान साँझ २०२२ गायक किरणको साथमा - Crazysaptahik.com

कर्मचारी सम्मान साँझ २०२२ गायक किरणको साथमा

हेम गिरी, अमेरिका

अमेरिकाको कोलोराडोमा रहेको कोलोराडो स्पिरिट एडल्ट्स होम कियर एण्ड डे कियरले कर्मचारी सम्मान साँझ २०२२ अक्टोबर १४ तारिक एक विशेष सांगीतिक साँझ कार्यक्रमको साथ सम्पन्न गरेको छ ।

संस्थाले कर्मचारी सम्मान साँझ संगै शुभ दीपावालीको शुभकामना आदान प्रदान समेत गरेको छ । कार्यक्रममा संस्थाले आफ्नो शुभचिन्तक, कर्मचारीहरु अनि संस्थाका सहयोगीहरुलाई खानपिनको सुबिधा संगै सांगीतिक मनोरन्जन प्रदान गरेको थियो ।

कार्यक्रमलाई अझै संगीतमय बनाउनको लागि स्टेजमा द भ्वाइस अफ नेपाल–३ का विजेता किरण गजमेर अनि गायिका सम्झना पाण्डेले बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरुको नृत्य समेत रहेको थियो । गायक किरण गजमेर अनि गायिका सम्झना पाण्डेले कार्यक्रममा उपस्थित दर्शकहरुलाई करिब करिब ५–६ घण्टा गीत प्रस्तुत गरेर मनोरन्जन प्रदान गरेका थिए । गायक गजमेरले आफुहरु सबै नेपाली भएको अनि आफ्नो भाषा, भेष–भुषा अनि संस्कार संस्कृतिलाई जोगर्नु पर्नेमा जोड दिए ।

यसैगरी सो कार्यक्रममा कोलोराडोको नेपाली भाषी समाज अनि आयोजक संस्थालाई सल्लाह सुझाब अनि सहयोग गर्ने केहि विशेष व्यक्तिहरुलाई समेत खादा प्रदान गरेर स्वागत अनि सम्मान गरिएको थियो । वर्षै पिच्छे आयोजना हुने यस कार्यक्रम विगत केही वर्ष कोभिडको कारण आयोजना हुन सकिरहेको थिएन । कार्यक्रमलाई संस्थाका रघु धौराली अनि नारयण उप्रेतीले संचालन गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.