हेम गिरी
अमेरिका । कोलोराडोमा रहेको आर एण्ड ए होम कियर अनि मेरिक डे कियरले नेपाली कलाकारहरूलाई स्वागत गरेको छ ।
अमेरिकाको कोलोराडो स्थित डेन्भरमा आयोजना हुने नेपाली फिल्म फेस्टिवलमा सहभागी हुन आइपुगेका नेपाली कलाकारहरुलाई होम कियर एण्ड डे कियरले स्वागत गरेको हो ।
एक औपचारिक कार्यक्रमको आयोजना गरि अक्टोबर १४ तारिक कलाकारहरु निर शाह, शिव श्रेष्ठ, कृष्ण मल्ल, शर्मिला मल्ल, सुनिल थापा, सारंगा श्रेष्ठ, सुहाना थापा, आरपी पन्ता लगायत कलाकारहरुलाई डेन्भरमा स्वागत गरिएको डे कियरका एक कर्मचारी भिम राईले बताए ।
स्वागत कार्यक्रममा बोल्दै कलाकार निर शाहले विश्वभरि रहेका नेपाली भाषीहरुको कारण नेपाली फिल्म क्षेत्रले यति धेरै प्रगति गरिरहेको बताए । कार्यक्रममा कलाकारहरुको स्वागत संगै नृत्य समेत प्रस्तुत गरिएको थियो ।
हरेक वर्ष आयोजना हुने नेपाली फिल्म फेस्टिवल यस वर्ष कोलोराडोको डेन्भरमा यहि शनिवार अक्टोबर १५ तारिक आयोजना भएको छ ।