क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको आइतबारको खेलमा हिसाब किताब ट्राइडेन्ससँग ८ विकेटले पराजित भएसँगै विरेन्द्रनगरको प्ले अफ पुग्ने योजना सकिएको हो ।
बुद्ध युनाइटेडलाई पनि रोयल किङसँगको खेल गुमाएसँगै प्ले अफ पुग्न गाह्रो भएको हो । पहिलो खेलमा रोयलसँग २५ रनले बुद्ध युनाइटेड पराजित भयो । टस जितेर फिल्डिङ रोजेको बुद्धका लागि रोयलले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४५ रनको योगफल तयार ग¥यो ।
रोयलका लागि पावल राईले ४३ राज बस्नेतले २२ र दिपेश श्रेष्ठले १९ रनको योगदान दिए । बुद्धका सुदिप चौधारी र राजु राईले २÷२ तथा आशुतोष थापाले १ विकेट लिए । १ सय ४६ रनको लक्ष्य लिएर मैदान छिरेको बुद्धका राजेश दाहालले ४० राज कुमार मगरले २३ र राकेश राईले १६ रन बनाउँदा अन्यले दोहोरो अंकको रन जोड्न सकेन । बुद्धलाई रोक्न महेश कार्कीले ३ विकेट लिए भने विश्व बस्नेतका नाममा २ विकेट रह्यो । दिपेश श्रेष्ठ र राज बस्नेतले १÷१ विकेट लिए ।
दोस्रो खेलमाटस जितेर ब्याटिङ गरेको बिरेन्द्रनगरले दिएको ५० रनको लक्ष्य हिसाब किताबले २ बिकेट गुमाउदै पूरा ग¥यो । बिरेन्द्र नगरले १४ ओभर १ बलमा सबै विकेट गुमाएर ४९ रन बनायो ।
विरेन्द्रनगरका रेवत थक्सुले १५ रन बनाउन बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेन्न । बिरेन्द्रनगरका ४ जना ब्याटमेन शुन्यमा आउट भए । बिरेन्द्रनगरलाई सस्तैमा समेटन हिसाबकिताबका नेल्सन दंगाल र पुरुसोत्तम न्यौपानेले समान ३÷३ बिकेट लिए । दिवस राजबंशीले २ बिकेट लिदा सुरज खडका र कैलाश श्रेष्ठले १÷१ बिकेट लिए ।
जवाफी ब्याटिङ थालेको हिसाबकिताबले ७ ओभर३ बलमा २ बिकेट गुमाउदै लक्ष्य पूरा ग¥यो । हिसाव किताबका संजय पक्रा र एन्जल राईले अबिजित ११ र १६ रन बनाउदा सबिन धमालाले १७ रन बनाए । बिरेन्द्रनगरका सतिस आचार्यले २ बिकेट लिए । नेल्सन दंगाल म्यान अफ दि म्याच घोषित भए ।