पथरी नगर अस्पतालमा विस्तारित स्वास्थ्य सेवाको उद्घाटन - Crazysaptahik.com

पथरी नगर अस्पतालमा विस्तारित स्वास्थ्य सेवाको उद्घाटन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी नगर अस्पतालमा विस्तारित स्वास्थ्य सेवा उद्घाटन गरिएको छ ।

पथरीशनिश्चरे वडा नं. २ मा अवस्थित अस्पतालमा आजकै दिनदेखि विहान ७ बजेदेखि बेलुका ९ बजेसम्म ओपीडी सेवा सुरु गरिएको हो ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले संयुक्त रुपमा विस्तारित सेवाको उद्घाटन गर्नुभएको हो ।

नगर अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै यो सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार साह, फिजिसियन डा. अभिषेक थपलियाको पनि उस्थिति रहेको थियो ।

अस्पताल व्यवस्थापन समितिको निर्णयबाट यो सेवा सञ्चालनमा ल्याएइएको स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिनुभयो ।

सम्बन्धित खवर