पथरीशनिश्चरे प्रिमियर लिगको प्लेअफ समिकरण पूरा - Crazysaptahik.com

पथरीशनिश्चरे प्रिमियर लिगको प्लेअफ समिकरण पूरा

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे प्रिमियर लिगको प्लेअफ समिकरण पूरा भएको छ ।

लिग लिडर हुँदै रोयल किङ र लिग दोस्रो हुदै किर्तिपुर सातबाघले क्लालिफायर खेल्ने छन् भने क्लासिक एलाभेन हसन्दह र हिसाब किताब ट्राइडेन्सले इलिमेटर खेल्ने छन् ।

लिग चरणको अन्तिम खेलमा बिरेन्द्रनगर स्टिल टाइगर र बुद्ध युनाइटेड बिजयी भएका छन् । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा रोयल किङ माथि ४३ रनले बिजयी हुदै बिरेन्द्रनगर स्टिल टाइगरले सान्त्वना जित हासिल ग¥यो भने बुद्ध युनाइटेडले हिसाब किताब ट्राइडेन्स माथि १ विकेटको रोमान्चक जित हासिल गर्न सफल भयो ।

पहिलो खेलमा बिरेन्द्रनगरले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९ रन बनायो । रोयल किङ १९ ओभर ४ बल खेल्दै ६६ रनमा प्याकप भयो ।

रोयल किङका भानु बिकले २० रन बनाउन बाहेक अन्य ब्याटमेनले दोहोरो अंकको रन बनाउन सकेन । रोयलका ३ ब्याटमेन शुन्य रनमा आउट भए । बिरेन्द्र नगरका रेवत थक्सुले ४ ओभरमा २ रन दिएर ३ विकेट लिए । सतिस आचार्यले २ विकेट लिदा मुरारी खनालका नाममा १ विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको विरेन्द्रनगरका लागि आभाष पाहिमले २७ रन बनाउँदा रेवत थक्सुले १५ रन बनाए । रोयलका लागि भूपेन राईले ३ तथा महेश कार्की बिश्व बस्नेत र दिपेश राईका नाममा २/२ विकेट रह्यो ।

खेलको म्यान अफ दि म्याच रेवत थक्सु घोषित भए । दोस्रो खेलमा बुद्ध युनाइटेड विजयी भयो । हिसाब किताबले दिएको १ सय २९ रनको लक्ष्यलाई १८ ओभर १ बलमा ९ विकेट गुमाउँदै बुद्ध युनाइटेडले पूरा ग¥यो ।

बुद्ध युनाइटेडका राजेश दाहलले ३३ विशाल तामाङले २५ राकेश राईले २४ र राजकुमार मगरले अविजित १९ रन बनाए । हिसाब किताबका सुरज खड्काले ४ विकेट कैलाश श्रेष्ठले २ विकेट पुरुषोत्तम न्यौपाने, नेल्सन दंगाल र दिवस राजबंशीले १/१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको हिसाब किताब ट्राइडेन्सका सुवास भण्डारीको ३९ रनको मद्दतले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनायो ।

हिसाब किताबका लागि कैलाश श्रेष्ठले २६ र संजय पक्राले १९ रन बनाए । बुद्ध युनाइटेडका सुदिप चौधारीले ३ तथा आशुतोष थापाले २ विकेट लिए राजकुमार मगर र राजु राईले १/१ विकेट लिए । मगर म्यान अफ दि म्याच घोषित भए ।

अन्तिम खेलमा बिजयी भए पनि कम रन रेटका आधारमा बुद्ध लिग बाट बाहिरियो । बुद्ध युनाइटेड, मंगलबारे लिजेण्ड, आइतबारे अस्त्र र विरेन्द्रनगर स्टिल टाइगर पथरीशनिश्चरे प्रिमियर लिगबाट बाहिरिएका छन् ।

सम्बन्धित खवर