क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे ७ का १२ वर्षे खुश थापालाई ’बोन म्यारो ’ (सेतो रक्तकोष कमी) का भएकाले उनका बुबा तिलक बहादुर थापाले थप उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् ।
चन्द्र किराँतेश्वर माध्यमिक विद्यालयको भवनमा गत २ महिना अघिदेखि मासिक ३ हजार रुपैयाँ तिर्दै चमेना गृह संचालन गर्दै आएका थापाले आफ्नो १२ वर्षे छोराको थप उपचारका लागि १५ लाखदेखि २० लाख रुपैयाँ खर्च लाग्ने डाक्टरले सल्लाह दिएको बताएका छन् ।
सोही विद्यालयको कक्षा –६ मा अध्ययनरत खुश थापाको शरीर भित्रको हड्डीमा सेतो रक्तकोषिकाले रगत उत्पादन नगरेको भन्दै डाक्टरले ‘बोन म्यारो ’ को प्रत्यारोपण गर्न ठूलो रकम लाग्ने डाक्टरले भनेपछि उनका बुबा तिलकलाई समस्या परेको बताए ।
उनले छोराको थप उपचारका लागि आर्थिक सहयोग गरिदिनु हुन पनि सम्पुर्ण देश बिदेशमा रहेका नेपालीहरुसमक्ष अनुरोध समेत गरेका छन् । उनले ईच्छूक सहयोगदाताहरुलाई आफ्नो फोन नं ९८२८९३८१९२ समेत दिएका छन् ।