क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे २ मा स्थापित पथरी नगर अस्पतालको ढलान शुक्रवारबाट सुरु भएको छ ।
१८ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको अस्पतालको पहिलो तलाको ढलान सुरु भएको हो ।
खुस्बु निर्माण सेवा विराटनगरले १२ करोड १० लाखमा टेण्डर पारी ढलानको काम भइरहेको नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो ।
स्थानीय अगुवाहरू बावुराम राईले ६ कठ्ठा, सोनाहाङ सबेन्हाङले ३ कठ्ठा, टंक गिरीले १ कठ्ठा, चन्द्र/जद्धु शाह १ कठ्ठा, श्री नारायण ढकाल १ कठ्ठा १० धुर, केशवप्रसाद दाहाल १ कठ्ठा, यज्ञप्रसाद ढुङगेल १ कठ्ठा, बिजय राई (मेवाहाङ) १ कठ्ठा, लालबहादुर राई १५ धुर, छबिलाल अधिकारी १० धुर, मानबहादुर थापा १० धुर, रणबहादुर फागो, १० धुर, शिवशंकर ढकाल १ कठ्ठा, खडिमाया लाबुङ १० धुर, जंगीप्रसाद राई ६ धुर, होमबहादुर गुरुङ १० धुर रामकुमार गुरुङ १० धुर, बिष्णु श्रेष्ठ १० धुर र बिरेन्द्र पालुङवाले १ कठ्ठा जग्गा नगर अस्पताललाई प्रदान गरेका छन् ।