रासफोर्डको १ सयौँ गोलमा युनाइटेड विजयी - Crazysaptahik.com

रासफोर्डको १ सयौँ गोलमा युनाइटेड विजयी

 

मार्कस रासफोर्डको निर्णायक गोलको मद्दतले म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई पराजित गरेको छ । क्लबका लागि रासफोर्डको यो १ सयौँ गोल थियो । उनले ३ सय १८ खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।

२४ वर्षीय खेलाडीले खेलको ३८ औँ मिनेटमा क्रिस्टियन एरिक्सनको पासमा गोल गर्दै युनाइटेडलाई जीत दिलाए । युनाइटेडका लागि १ सय गोल गर्ने उनी २२ औँ खेलाडी पनि हुन् ।

जीतसँगै युनाइटेड लिगको पाँचौँ स्थानमा उक्लिएको छ । १२ खेलबाट युनाइटेडको २३ अंक रहेको छ । वेस्ट ह्याम १४ अङ्कसहित लिगको १३ औँ स्थानमा छ ।

सम्बन्धित खवर