टोनी क्रुस करियरमा पहिलोपटक रातो कार्ड खाँदै मैदान छाड्न बाध्य हुँदा रियल मड्रिड जिरोनासँग बराबरी खेल्न बाध्य बनेको छ । आइतबार राति भएको खेलमा रियल १–१ गोलको बराबरीमा रोकिएको हो ।
बराबरीका बाबजुद रियल स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । खेलको ७० औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर भेटरान क्रिस्टियन स्टुआनीले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे ।
खेलको अन्त्यतिर रोड्रिगोको गोललाई रद्द गरिएको थियो भने क्रुसले इन्जुरी समयमा दोस्रो पहेँलो कार्ड पाएका थिए । बराबरीपछि १२ खेलबाट रियलको ३२ अङ्क रहेको छ । जिरोनामा रेलिगेसन जोनमा रहेको छ ।